IME Life New

स्वर्गद्धारी नगरपालिकामा बीमा समिति, कार्यकालको अन्तिममा आएको भन्दै जनप्रतिनिधिको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बीमा सम्बन्धि जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका मेयर नेत्र बहादुर रोका क्षेत्री, उप मेयर गोमा रेग्मी, व्यापारी, व्यवसायी, बीमा कम्पनीका कर्मचारी, कृषक लगायत ६० जना भन्दा धेरैको सहभागिता थियो ।

निर्देशक सुवेदीले बीमा सम्बन्धि जानकारीमुलक प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको सञ्चालन उप निर्देशक कुन्दन सापकोटाले गरेका थिए पनि स्वागत मन्तव्य सुन्दर प्रसाद शर्माले दिएका थए । कार्यक्रममा सहभागीहरुले कोरोना बीमाको दाबी भुक्तानी किन नभएको भन्दै प्रश्न गरेका थिए ।

Esewa
Crest

यस क्षेत्रमा बीमा सम्बन्धि चेतनाको तह अलि बढि पाइएको छ । सरकारी कर्मचारी, शिक्षक तथा अन्य व्यक्तिहरु नै सक्रिय अभिकर्ता भएकाले पनि बीमा सम्बन्धी धेरै प्रश्नहरुको सामना गर्नु परेको थियो । सहभागीहरुले सरेण्डरको समयावधि तीन वर्षको किन गरियो भन्दै समितिलाई प्रश्न गरेका थिए । त्यस्तै कृषकहरुले कृषि तथा पशुपन्छी बीमाका लागि खटाइएको बीमा कम्पनीले राम्रो सँग काम नगरेको भन्दै अन्य कम्पनीलाई खटाइदिन अनुरोध गरेका छन् ।

बीमा समितिका प्रतिनिधिहरुले कोरोना बीमाको दाबी प्रकृयाँ छिट्टै सुरु हुने आश्वासन दिएका छन् । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीको विकल्पका विषयमा नेपाल सरकार सँग छलफल भइरहेकाले कुनै एउटा विकल्पमा सहमति जुट्ने वित्तीकै दाबी भुक्तानी प्रकृयाँ अगाडि बढ्ने भन्दै आश्वासन दिएका हुन् ।

यस क्षेत्रमा कृषि बीमाका लागि बीमा कम्पनीहरुले सक्रियता नदेखाएको गुनासोलाई बीमा समितिले सुनुवाइ गर्ने भन्दै यस क्षेत्रमा खटिएको बीमा कम्पनीलाई किन काम नगरेको भन्दै स्पष्टिकरण सोधिने भन्दै समितिले जवाफ दिएको छ ।

सहभागीहरुले बीमा क्षेत्रको प्रचार प्रसारका लागि बीमा समितिले केहि पनि काम नगरेको भन्दै गुनासो गरेका थिए । समितिले उनिहरुको गुनासो संवोधन गर्दै यस विषयमा बीमा समितिले विभिन्न कार्यक्रमहरु गरिरहेको र आगामी दिनमा बीमा सचेनतना सम्बन्धी थप कार्यक्रमहरु अगाडी बढाउने भन्दै प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यक्रमलाई संवोधन गर्दै मेयर क्षेत्रीले बीमा समितिले यस्तो कार्यक्रम ढिला सुरु गरेको भन्दै गुनासो गरेका छन् । उनले बीमा समितिले यति राम्रो कार्यक्रम आफ्नो कार्यकालको अन्तिम समयमा आउदा आफ्ना जनतालाई बीमाको सुविधा दिन नपाएको भन्दै दुखेसो पोखेका हुन् । आफ्नो कार्यकालको अन्तिम अवस्थामा भए पनि नगरपालिकामा बीमा सम्बन्धी नीतिका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS