काठमाडौं । सुतेको बीमा समिति केहि समयदेखि जागेको छ । कुर्सीमा मात्रै बस्ने समिति गाउँपालिकामा गएर बीमा सम्बन्धी जनचेतनामुलक काम गरिरहेको छ । यो आफैमा सर्हानिय छ । समय समयमा कम्पनीहरुलाई निर्देशन पनि दिइरहेको छ । निरिक्षणबाट आएर केहि न केहि निर्देशन पनि दिइरकेको छ । तर समितिले कम्पनीहरुलाई जसरी हरेक कुरामा दावव दिदै काम गर्न निर्देशन दिदै आएको छ त्यहि हिसावमा बीमा समितिको आन्तरिक संरचना भने सवल र सक्षम छैन ।
अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई हरेक कुरा समयमा गर्नु पर्यो र ठिक समयमा ठिक हिसावले गर्नु पर्यो भन्दै निर्देशन दिदै आइरहेका छन् । उनको निर्देशनको परिपालनाको पहिलो बाधक भने बीमा समिति आफै बन्ने गरेको छ । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई समयमै साधारणसभा सम्पन्न गर्न निर्देशन दिदै आएको छ । तर समितिको एकोहोरो रटानले खासै काम गर्न सकेको छैन । बीमा कम्पनीको लापरबाही पहिलो कारण हो भने दोस्रो कारण बीमा समितिको आन्तरिक संरचना हो । बीमा कम्पनीले समितिमा बुझाएका फाइलहरु समयमा हेरिदैन । बीमा कम्पनीहरुले समितिमा बुझाएका एक्चुरिअल रिपोर्ट पास हुन महिनौ लाग्छ ।
बीमा कम्पनी र समिति विचमा व्यवसायिक कार्यशैली नहुँदा यस्तो समस्या आएको हो । प्रतिवेदनमा सामान्य गल्ति भयो भने दुई पक्षिय रिपोर्टिङ पुरा हुन महिनौ लाग्छ । बीमा समितिले कम्पनीका हरेक गल्तिहरुलाई पहिल्याउन सक्नु पर्छ । त्यसका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सक्नु पर्छ । अर्को तर्फ बीमा कम्पनीहरुलाई समितिले सेडुल बनाएर काम गर्न निर्देशन दिदै आएको छ । तर बीमा समिति आफैको सेडुल छैन ।
एउटा कम्पनीले बुझाएको फाइल कति दिनमा सक्काउने भन्ने कुनै अवधारणा छैन । कस्तो फाइललाई फरफार गर्न कति दिन लगाउने भन्ने अभ्यास छैन । कस्तो किसिमको अनुमतिलाई कति समय लगाउने भन्ने सेडुल छैन । हरेक कम्पनी सँग बीमा समितिका कर्मचारीले कुनै न कुनै किसिमका सम्बन्ध बनाएका छन् । त्यसबाट केहि न केहि लाभ लिने गरेका छन् । बीमा समिति सम्बन्धबाट सञ्चालन हुने होइन । यो सिस्टमबाट सञ्चालन हुने निकाय हो । यहाँ सिस्टम भन्दा बढि व्यक्तिगत सम्बन्धबाट सञ्चालन भइरहेको बीमा कम्पनीका उच्च व्यवस्थापनका कर्मचारीको गुनासो छ ।
एक बीमकले भने ‘समितिको कार्यशैली तथा प्रकृयाँमा भएको कमि कमजोरीका विषयमा बोल्यो भने सामान्य फाइल कति महिना अड्किने हो पत्तो हुँदैन ।‘ बीमा समितिले मागेको डकुमेन्ट पटक पटक पठाउनु पर्ने अवस्थासम्म आउछ । यदि एउटा विभागको कर्मचारी अर्को विभागमा सर्यो पहिला पठाएको फाइलले काम गर्दैन । पुनः पठाउनु पर्ने बाध्यता हुन्छ । समितिभित्र गएर हेर्यो भने कागजपत्र यति धेरै लथालिङ्ग हुन्छ मिसप्लेस हुने तथा हराउने सम्भावना धेरै हुन्छ । कागजका चाङले कर्मचारी स्वयंले सहजै काम गर्न सक्ने अवस्था छैन ।
अहिलेको डिजिटलाइज युगमा समितिले आफुलाई प्रविधिमैत्री बनाउन सकेको छैन । बनाएका सफ्टवेयर तथा सर्भर पनि उपयोग हुन सकेको छैन ।
समितले कम्पनीहरुलाई जसरी निर्देशन दिने गर्छ त्यहि हिसावले आफ्नो आन्तरिक व्यवस्थापन पनि चुस्त बनाउनु पर्ने देखिन्छ । नियामक निकाय जति धेरै स्मार्ट हुन सक्यो बीमा क्षेत्रले पनि फड्को मार्न सक्छ । कम्पनीका कमकजोरी पहिल्याउनका लागि कार्यशैली परिवर्तन गर्नु पर्छ । कर्मचारीहरुलाई समय समयमा तालिम दिनु पर्छ । अन्तर्राष्ट्रिय अभ्यास थाहा हुनु पर्छ । बरु विदेशमै तालिमका लागि पठाउने र तालिम लिएर आएकाले अरुलाई तालिम दिने गर्यो भने समितिका कर्मचारी थप सबल हुन सक्छन् ।
कतिपय विषय वस्तु धेरै प्राविधिक भयो भने समितिले कम्पनीकै भरमा छाडिदिने गरेका छन् । तर यसो भनेर समितिले उन्मुक्ति पाउदैन । हरेक क्षेत्रलाई संकाले हेर्न सक्ने कर्मचारी हुनु पर्छ । मेरा निकटहरुले जागिर खाने कम्पनीको रुपमा हेरिन थाल्यो भने बीमा क्षेत्रले कहिले पनि फड्को मार्न सक्दैन ।