IME Life New

अनुसन्धानले भन्छ नेपालमा नसर्ने राेगबाट मृत्यु हुनेकाे संख्या बढ्दै, स्वास्थ्य बीमामा कस्ताे असर पर्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपालमा वर्षेनी हुने असामयीक निधनमध्ये नसर्ने रोगबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । कोरोना भाइरसको कारण फैलिएको महामारीबाट मृत्यु भएकाको तथ्यांकलाई अलग्गै राखेर हेर्दा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या झण्डै दुई तिहाई रहेको छ ।

विश्वका मुलुकहरुको जनस्वास्थ्य अवस्थाबारे अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले सार्वजनिक गरेको तथ्यांकले सन् २०४० सम्ममा कूल असामयीक निधनमध्ये ८० प्रतिशतको निधन नसर्ने रोगबाट हुने प्रक्षेपण गरिएको छ । द ग्लोबल बर्डेन अफ डिजिज रिपोर्ट २०१९ मा नेपालमा श्वाँस प्रश्वास, मुटुरोग, रक्त संचार अवरुद्ध भएर हुने आघात, फोक्सोकोे संक्रमण, नवजात शिशुमा जन्मजात गम्भीर अस्वस्थ्यता, कलेजोको खराबी, क्षयरोग, दम, झाडापखाला, मृगौलाको संक्रमण र आत्महत्या अल्पायुमै मृत्युको मुख्य कारण औंल्याइएको छ ।

Esewa
Crest

यी रोग वा अल्पायुमै निधनको पछाडी कुपोषण, वायू प्रदुषण, तम्बाकु, उच्च रक्तचाप, असन्तुलित खानपान, पेशागत जोखिम, रगतमा चिनीको उच्च मात्रा, मदिरापान, फोहोर तथा प्रदुषित पानी, उच्च वा न्यून तापक्रम मुख्य कारकको रुपमा पहिचान गरिएको छ । रोगको वैश्विक खर्च भार(ग्लोबल वर्डेन अफ डिजिज २०२०) को हालै प्रकाशित तथ्यांक अनुसार नेपालको प्रति व्यक्ति औसत उपचार खर्च वर्षमा ६ हजार ८ सय ४४ रुपैयाँ छ । सन् २०५० सम्ममा यो ८० प्रतिशतले वृद्धि भएर १२ हजार ३ सय ९० रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगलाई नसर्ने रोग भनिन्छ । यो रोग जुन व्यक्तिलाई लागेको हुन्छ, त्यस व्यक्तिको सम्पर्कमा आएका अन्य कुनै पनि व्यक्तिलाई यो रोग सर्ने जोखिम हुँदैन । उदारहणको लागीः मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, मृगौला खराब हुनु आदी । अध्ययन प्रतिवेदनहरुमा नेपालमा बढ्दो वातावरणीय असन्तुलनका कारण देखा परेको प्राकृति विपत्तिको कारण सर्ने र नसर्ने दुबै प्रकारका रोगबाट प्रभावित जनसंख्या बढ्दो छ । साथै कमजोर सडक तथा यातायात पूर्वाधारको विस्तारका कारण दुर्घटनाबाट अकालमै ज्यान गुमाउनेको संख्या पनि वृद्धि भएको छ । सन् २०२० यता नेपालमा बाढी,पहिरो,भुक्षय जस्तो प्राकृतिक विपत्तिको संख्या वृद्धि हुँदै गएको छ।

नेपाल सरकारले आम नागरिकलाई स्वास्थ्य खर्चमा राहत दिनको लागी रु. १ लाखसम्मको उपचार खर्च व्यहोर्ने गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार यो कार्यक्रम अन्तर्गत कूल जनसंख्याको १४ प्रतिशत मात्र समेटिएको छ । यसले देखाउँछ कि नेपालमा स्वास्थ्य बीमा सेवाको लागी अझै ठूलो संभावना छ ।

सरकारद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमको पर्याप्त कमजोरी र सीमितताको कारण निजी क्षेत्रको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले स्वास्थ्य बीमा क्षेत्रमा ठूलो अवसर बाँकी छ । सरकारी स्वास्थ्य बीमा कार्यक्रमबाहेक नेपालमा स्वास्थ्य बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुकै वर्चश्व छ । जीवन बीमा कम्पनीमध्ये सीमितले मात्र स्वास्थ्य बीमा योजना बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS