IME Life New

दुई बीमा कम्पनीले खोले भेन्चर क्यापिटल, ५० करोड लगानीमा ‘रिलायबल भेन्चर क्यापिटल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सले संयुक्त रुपमा ‘रिलायबल भेन्चर क्यापिटल’ खोल्ने भएका छन् । यस क्यापिटलमा रिलायबल, अजोड इन्स्योरेन्समा आवद्ध व्यवसायी, एनआरएन तथा बैंक बीमामा आवद्ध कर्मचारीहरुको समेत लगानी छ ।

सबैभन्दा धेरै रिलायबलको ६ करोड र अजोड इन्स्योरेन्सको तीन करोड रुपैयाँ लगानी रहेको छ । अधिकृत पूँजी ६० करोड रुपैयाँ छ भने जारी पूँजी ५० करोड रुपैयाँ छ । हालको चुक्ता पूँजी ४५ करोड रुपैयाँ छ । क्यापिटलले सर्वसाधारणका लागि १० प्रतिशत अर्थात ५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ ।

Esewa
Crest

क्यापिटलले नेपाल धितोपत्र बोर्डमा दर्ता गरेर आन्तरिक तयारीलाई पनि अगाडी बढाएको छ । क्यापिटलले प्रमुख कार्यकारी सहित उच्च व्यवस्थापन तहका लागि १२ पदमा कर्मचारी माग गरेको छ । लगानी सँग सम्बन्धित संस्थामा १० वर्ष भन्दा बढि अनुभव भएका व्यक्तिहरुले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिन सक्ने छन् । शैक्षिक योग्यता सिएफए, सिए, एसिसिए, सिपिए, एमबिए वा लेखा, फाइनान्स, अर्थशास्त्र मध्ये कुनै एकमा स्थानातकोत्तर गरेको हुनु पर्छ ।

त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि कर्मचारी आह्वान गरिएको छ । यस पदका लागि पनि सिएफए, सिए, एसिसिए, सिपिए, एमबिए वा लेखा, फाइनान्स, अर्थशास्त्र मध्ये कुनै एकमा स्थानातकोत्तर गरेको हुनु पर्छ । साथै लगानी सँग सम्बन्धित संस्थामा कम्तिमा पनि ७ वर्षको कार्यानुभव हुनु पर्नेछ ।

रिलायबलले भेञ्चर क्यापिटल/प्राइभेट इक्वीटी प्रमुख, पोर्टफोलियो व्यवस्थापन प्रमुख, इन्भेष्टमेन्ट बैंकिङ प्रमुख, वित्त तथा लेखा प्रमुख, अप्रेसन प्रमुख, कर्पोरेट एडभाइजरी प्रमुख, विजनेस डेभलपमेन्ट प्रमुख, वित्तीय विश्लेषण प्रमुख, एसेट म्यानेजमेन्ट प्रमुख, इन्फरमेसन टेक्नोलोजी प्रमुखका लागि कर्मचारी आह्वान गरिएको छ । उक्त पदहरुका लागि सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको कार्यानुभव हुनु पर्छ ।

परम्परागत लगानीको सट्टा नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्ती सँग सम्बन्धित व्यवसाय वा नविनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरु शुरुवात गर्न स्वेदशी तथा वैदेशिक लगानीलाई आकर्षित गर्न भेञ्चर क्यापिटललाई महत्वपुर्ण माध्यमको रुपमा लिइन्छ ।

एक सम्भावनायुक्त उद्यमीलाई सहयोग गर्ने उद्देश्यसहित वास्तविक भेन्चर क्यापिटलको अवधारणा अगाडि बढेको पाइन्छ । एउटा आइडियालाई उत्पादन तथा सेवामा परिणत गर्न यस्ता भेन्चर क्यापिटलहरूले सहयोग गर्छन् । यस्तो सहयोग आर्थिक, ज्ञान र सीपमका माध्यमबाट हुन सक्छ । यस्तो अवधारणा सबैभन्दा पहिला सन् १९३९ बाट सुरुवात भएको पाइन्छ । सन् १९५० पछि अमेरिकामा भेन्चर क्यापिटलको राम्रो विकास भयो । अहिले जति पनि नाम कहलिएका कम्पनी छन्, ती सबै भेन्चर क्यापिटलकै लगानीबाट अगाडि आएका हुन् । अमेजन, एप्पल, अमेरिका अनलाइन, फेसबुक, गुगल, याहु र नेटस्केपलगायत नाम कहलिएका कम्पनीहरु यहि भेन्चर क्यापिटल मार्फत स्थापना भएका हुन् ।

तर नेपालमा भेन्चर क्यापिटल अभ्यास अझै पनि राम्रो सँग हुन सकेको छैन । विज्ञहरुका अनुसार नेपालमा भेन्चर क्यापिटलको सम्भावना धेरै छ । पूँजीको अभावमा काम गर्न नसक्ने युवा पुस्ता नेपालमा धेरै नै भएकाले पनि यस्तो अवधारणा फस्टाउन सक्ने आकलन गरिएको छ । ज्ञान सिप आइडिया भएका जनशक्तिहरु पूँजी तथा साथ सहयोग नपाउदा विदेशिनु परिरहेको छ । यदि भोलिका दिनमा भेन्चर क्यापिटलले उनिहरुको ज्ञान सिप र अवधारणालाई साथ दियो भने उनिहरु पनि माथि उठ्न सक्छन्

नेपालमा पैसा चाहियो पहुँच हुनेले बैंक नहुनेले सहकारीबाट कर्जा लिन्छन् । तर बैंक तथा सहकारीहरुले विना धितो ऋण दिदैनन् । त्यसमा पनि नियमित ग्राहकहरुलाई मात्रै उनिहरुले पोत्याउछन् तर नयाँ लगानीकर्तालाई त्यत्ति धेरै वास्ता गर्दैनन् ।

बैंकले आँट नगरेर, देख्न नभ्याएका र नसकेका नयाँ ट्यालेन्टलाई मूलधारमा ल्याउने हो भने भेन्चर क्यापिटल यसमा सफल भएर निस्कन सक्छ । किनकि नेपालका बैंकहरु नयाँभन्दा परम्परगत रुपमै रमाइरहेका देखिन्छन् ।

बैंकले नपत्याएको अवस्थामा नयाँ लगानीकर्तासँग अर्को उपाय सानो पूँजीबाट व्यवसाय थाल्ने र कमाएको नाफालाई पुँजीमा रुपान्तरण गर्दै व्यवसाय बढाउने हो । तर यो निकै सुस्त गतिमा हुने प्रगति हो । सानो पुँजीले मानिससँग भएको आइडिया र बजारको सम्भावनालाई पूर्ण रुपमा कार्यान्वयन तहसम्म लैजान सक्दैन । त्यसकारण यो अन्तरलाई पूर्ति गर्न भेन्चर क्यापिटल नेपालमा आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS