IME Life New

आरम्भ चौतारी लघुवित्तद्धारा व्यापार प्रवर्द्धन रणनीतिक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुबित्त वित्तीय संस्था केन्द्रीय कार्यालय बनेपाको आयोजनामा शाखा प्रमुखहको सहभागितामा सरल रुपमा सेवा प्रबाह गर्ने व्यापार प्रवर्द्धन रणनीतिक तालिम सम्पन्न भएको छ । उक्त तालिम २ दिनसम्म संचालन भएको थियो । लक्ष्मी होटल रुपन्देही बुटवलमा तालिम सम्पन्न भएको हो ।

तालिम संस्थाका नायब कार्यकारी अधिकृत किरण काफले बिभागिय प्रमुख बिमल खनाल र ज्ञानिश्वर पन्तले प्रशिक्षण गरेका थिए । तालिममा बिभिन्न ७ जिल्लाका ३८ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण गिता राउतले गरेकी थिइन् ।

Esewa
Crest

संस्थाका संचालक श्री पुष्पराज ढकालले तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा विकास गर्ने संस्थाकोे उद्धेश्य रहेको बताए ।

उक्त तालिममा संस्थाका नायब कार्यकारी अधिकृत श्री किरण काफलेले कर्मचारीहरुको दक्षताले मात्रै संस्था सबल बन्न सक्ने, सेवा ग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउदै सेवा ग्राहीलाई उत्कृष्ट सेवा दिने गरि यहां सिकेका कुराहरु ब्यावहारमा कार्यन्वयन गर्न निर्देशन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS