IME Life New

मौद्रिक नीति पछि नेप्से सूचक २२४ अंकले घट्यो, ठुला लगानीकर्ताले शेयर बेचेको हल्लाले नाफा बुक गर्ने हाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरे एता नेप्से सूचक २२४ अंकले गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले एउटा लगानीकर्ताले १२ करोड रुपैयाँ भन्दा धेरै शेयरधितो कर्जा लिन नपाउने व्यवस्था गरे सँगै दोस्रो बजार लगातार घटिरहेको छ ।

मौद्रिक नीतिमा ल्याइएको व्यवस्थालाई अर्थमन्त्री जनार्दन शर्माले सच्याउने प्रतिवद्धता दिए पनि केहि समालिएको शेयर बजार राष्ट्र बैंकले मौद्रिक नीति अनुरुपकै व्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन दिए पछि बजार थप तल झरेको हो ।

Esewa
Crest

राष्ट्र बैंकले ठुला लगानीकर्तालाई एक वर्ष वा शेयर धितोकर्जाको समयावधी समाप्त भए पछि आफुले लिएको उक्त कर्जालाई १२ करोड रुपैयाँमा सिमित गर्न निर्देशन दिएको छ । यसै अवधिमा एक अर्ब रुपैयाँसम्म शेयर धितोकर्जा लिएका ऋणीहरुले भकाभक शेयर बिक्री गरेर ऋण तिर्न थालेको हल्लाले बजार तल झरिरहेको छ ।

केहि लगानीकर्ताले शेयरधितोकर्जाको सिमालाई १२ करोड रुपैयाँमा झार्न शेयर बिक्री गरिरहेका छन् तर बजारमा हल्ला चलेजस्तो शेयर बिक्री नभएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिए ।

शेयर बजार एक डेड वर्षको अवधिमा ११ सय बाट ३२ पुगेकोले एक दुई सय अंकको करेक्सनमा शेयर बिक्री नगर्न ढकालले सुझाएका छन् । उनले भने ‘शेयर बजार दुई हजारले सुधार हुँदा एक दुई सयको अंकले करेक्सन हुनु सामान्य हो । बजार अहिले नै गर्ल्याम गुर्लुम्म तल झर्छ भनेर बेचेर बाहिरिने अवस्था होइन ।’

बजार घटाउन चाहनेहरुको हल्लाको पछाडि लागेर पाकेको लाभांस खान छाडेर शेयर बिक्री गरेर नबाहिरिन उनले अनुरोध गरेका छन् । शेयर बजार सधै बढिरहदैन साथै सधै घटिरहदैन । बढेको बेलामा हौसिएर खरिद गर्ने अनि घटेको बेलामा आत्तीएर बिक्री गर्दा लगानीकर्ता पछुताउने गरेको विश्लेषकहरु बताउछन् । त्यसैले गर्दा अहिले शेयर बिक्री गर्ने भन्दा पनि आफु सँग भएको शेयर बचाएर राख्ने समय भएको ढकालको तर्क छ ।

सामाजिक सञ्जाल तथा क्लब हाउसमा हुने अवान्छित कुराकानीको पछाडि लागेर लगानीकर्ताले निर्णय लिदा यस्तो समस्या देखिने गरेको पाइन्छ । बजार अझै सुधार हुने अवस्था रहेको हुँदा आत्तीएर बिक्री गरिहाल्नु पर्ने अवस्था नरहेको लगानीकर्ताका अगुवाहरु बताउछन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले जारी गरेको नीतिलाई दोस दिए पनि बजार तुलनात्मक रुपमा धेरै नै सुधार भइसेको हुँदा यस्ता सामान्य करेक्सन भइरहने विश्लेषकहरु बताउछन् । जलविद्युत कम्पनीमा अनावस्यक उचारचढाव आए पछि विद्युत नियमन आयोगले पनि लगानीकर्तालाई सतर्क गराएको छ । हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने हल्लै हल्लाका पछाडि पछिल्लो समय दुई तीन सय रुपैयाँका जलविद्युत कम्पनीहरु अहिले एक हजार माथि पुगेका छन् ।

बढ्दो बजारबाट अनुचित लाभ लिन खोजेको भन्दै बीमा समितिले पनि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनमा रोक लगाउदै आएको छ । बजार बुलिस ट्रेण्डमा रहेकाले लगानीकर्ताहरु सकारात्मक सूचना कुरेर बसेका छन् । तर नियामक निकायले अनियन्त्रित बजारलाई रोक्न खोजेको देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि अनियन्त्रित बजारलाई पटक पटक नियन्त्रण गर्न खोजिरहेको छ । लघुवित्तलाई लाभांस दिन रोकलगाउनेदेखि लिएर अन्य बैंकहरुलाई पनि नगद लाभांसमा कडाइ गरिरहेको छ । अर्को तर्फ शेयर धितो कर्जाको गणना विधिदेखि लिएर कर्जाको सिमामै हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेको लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेल बताउछन् । उनले राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर आएर व्यक्तिगत सम्पत्ती माथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

मंगलबार नेप्से सूचक ६९.०५ अंकले घटेको छ । सूचकमा गिरावट देखिए पनि घटेको मौका छोप्दै केहि लगानीकर्ताले पनि राम्रो शेयर उठाएका छन् । आत्तीएर बिक्री गर्ने र घटेको मौका छोप्दै शेयर खरिद गर्ने लगानीकर्ताका कारण मंगलबार १३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक पनि २९७५ अंकमा झरेको छ । आज सम्पुर्ण सूचक तथा उपसूचक राताम्मे भएका छन् । म्युचुअल फण्ड, ऋणपत्र सहित ३० कम्पनी इकाइ, ऋणपत्र तथा शेयर मूल्य बढेको छ । त्यस्तै १७२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS