IME Life New

सर्भेयरमा आकर्षण बढ्दै, लाइसेन्सका लागि ७ सय भन्दा धेरैको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको क्षति मूल्याङ्कन गर्ने सर्भेयरमा अत्याधिक आकर्षण देखिएको छ । बीमा समितिले सर्भेयरको लाइसेन्सका लागि आह्वान गर्दा अहिलेसम्म ७ सय भन्दा धेरैको आवेदन परेको छ । अन्य पेशामा आवद्ध भएर पनि पार्ट टाइमको रुपमा काम गर्न सकिने भएकाले आकर्षण बढेको हो ।

हाल ७ सय हारारहीमा सर्भेयरहरु रहेका छन् । तर सक्रिय सर्भेयरको संख्या भने एक डेड सय मात्रै छन् । बीमा कम्पनीहरुले सर्भेयरको अभावले गर्दा दाबी भुक्तानीको क्षति मूल्याङ्कनमा समस्या भएको भन्दै गुनासो गर्दै आएका थिए ।

Esewa
Crest

कम्पनीहरुको गुनासो पछि समितिले भदौ ८ गतेदेखि १४ गतेसम्मका लागि निवेदन आह्वान गरेको थियो । अनलाइनबाटै निवेदन आह्वान गरेकोमा ७ सय भन्दा धेरैको लागि निवेदन आएको समितिले जनाएको छ ।

कुनै बीमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तिमा दश वर्षसम्म बीमा व्यवसाय सँग सम्बन्धित काम गरेका, इन्जीनियरिङ विषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेका, अन्तर्राष्ट्रिय स्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले सर्भेयर लाइसेन्सका लागि निवेदन दिन सक्ने छन् । योग्यता पुगेका आवेदकले बीमा समितिले सञ्चालन गरेको आधारभुत तालिमा समभागी भए पछि मात्रै लाइसेन्स प्राप्त गर्छन् । समितिले ६ दिनको आधारभुत तालिम प्रदान गर्छ । सोहि तालिमा सहभागि भए पछि उनिहरुले ५ हजार रुपैयाँ शुल्क बुझाएर सर्भेयरको लाइसेन्स लिन पाउछन् ।

यसरी सर्भेयरको लाइसेन्स लिए पनि काम पाउने वा नपाउने ग्यारेन्टी भने हुँदैन । हरेक निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको सुरुमा सर्भेयरको सूचि बनाउने गरेका छन् । उनिहरुले सुरुवमा बनाउने सूचिमा पर्न सक्नु पर्छ । यसरी सूचिमा परेपछि पनि काम पाइन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । बीमा गरिएको सम्पत्तीको क्षति भए पछि उक्त क्षेतिको मूल्याङ्कनका लागि कम्पनीले सम्पर्क गर्छन् । कम्पनीले उक्त क्षतिको मूल्याङ्न गरे बापत पारिश्रमिक दिने गरेका छन् । कम्पनीले पोत्याएका तथा नियमित सम्पर्कमा रहेका सर्भेयरले भने राम्रो पैसा कमाउने गरेका छन् । प्रायः सर्भेयर काठमाडौं भित्रै रहने भएकाले उपत्यका बाहिरको दुर्घटनाका क्रममा भने सर्भेयरको अभाव हुने गरेको पाइन्छ ।

सर्भेयरले दिएको प्रतिवेदन प्रति कम्पनी वा बीमितलाई चित्त नबुझेमा अर्को सर्भेयरबाट मूल्याङ्कन गर्न पाइन्छ । त्यसैले गर्दा प्रायः सर्भेयरहरुले नियमित रोजिरोटीका लागि पनि कम्पनीको पक्षमा प्रतिवेदन बनाउने गरेका छन् । एउटा सर्भेयरको ५ वटा फाइल पेन्डिङ भएको खण्डमा उसले अर्को सर्भे गर्न पाउदैन । त्यसैले गर्दा बीमा कम्पनीहरुले कि त सर्भेयरको संख्या बढाउनु पर्ने कित उनिहरुको ५ वटा भन्दा धेरै फाइल पेन्डिङ हुँदा पनि अर्को सर्भे गर्न पाउनु पर्ने भन्दै माग राखेका थिए । कम्पनीहरुको यस्तो गुनासो पछि समितिले सर्भेयर थप्ने भएको हो ।

समितिले अहिले २०० जनालाई लाइसेन्स दिने योजना बनाए पनि योजना भन्दा धेरैको आवेदन परे पछि समिति हैरानीमा परेको छ ।
एक पटकमा २५ जनालाई मात्रै तालिम दिनु पर्ने बाध्यता छ । यस हिसाले आवेदन दिन जति सबैलाई लाइसेन्स दिन अवको एक दुई महिना नै लाग्ने देखिएको छ । तर समितिले नियमित रुपमा सर्भेयरको तालिम सञ्चालन गर्न सक्ने अवस्था तथा जनशक्ति छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS