काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको हो । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापक हरुले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।
यस शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्ने संस्थाले जनाएको छ । ईच्छुक व्यक्तिले ३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री गरिने जनाएको छ ।
बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।