काठमाडौं । आजबाट इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गर्दै छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते र नेपाल राष्ट्र बैंकले साउन १५ गते अन्तिम स्वीकृति दिएसँगै आजबाट यी संस्थाले एकीकृत काराबोर गर्न लागेका हुन् ।
इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुन लागेको हो । दुवै कम्पनीको असार २१ गते अलग अलग साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका हुन् । अब नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर हुनेले इन्फिनीटी लघुवित्तको ९८ कित्ता शेयर पाउनेछन् ।