IME Life New

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । नविल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको जनाएको छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंक मार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन ।

यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौता पश्चात दुइ बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्दा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।

Esewa
Crest

साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने “नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउदा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउ“दा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।”

नबिल बैंकसग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राºट लगायतका बैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाटनै प्राप्त गर्ने भएकाले बैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS