IME Life New

जीवन बीमा व्यवसाय २९.४६ प्रतिशतले बृद्धि, कुन कम्पनीको कति बढ्यो (सूचि सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायिक बृद्धि हरेक वर्ष उकालो लागिरहेको छ । नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुहरु व्यवसाय विस्तारमा आक्रमक हुँदा यस वर्ष पनि खुद बीमा शुल्क आर्जन २९.४६ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीहरु गाउँ गाउँमा पुग्न थालेका छन् । काठमाडौं र केहि प्रमुख शहरहरुमा मात्रै सिमित बीमा कम्पनीहरु स्थानीय निकायमा शाखा खोज्न पुगेका छन् । उनिहरुले गाउँ गाउँमा अभिकर्ताको सञ्जाल विस्तार गरिरहेका छन् । ५/७ वर्ष अगाडि सुस्त अवस्थामा रहेका जीवन बीमा कम्पनीहरु अहिले जागेका छन् । यस अवधिमा बीमा समितिले नयाँ १० वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको छ । साथ साथै समितिको पूँजी बृद्धि योजनाले पनि पुराना तथा नयाँ जीवन बीमा कम्पनीहरु व्यवसायमा आक्रामक देखिएका हुन् ।

Esewa
Crest

व्यवसाय विस्तारका हिसावले सबैभन्दा धेरै आक्रामक नयाँ बीमा कम्पनीहरु देखिएका छन् । प्रतिशतका हिसावले सबैभन्दा धेरै बृद्धि नयाँ कम्पनीहरुको देखिए पनि रकमका हिसावले हेर्ने हो भने पुराना बीमा कम्पनीहरुको अग्र स्थानमा छन् । साविकका वर्षमा झै यस वर्ष पनि नेपाल लाइफ अग्र स्थानमा छ । नेपाल लाइफले आर्थिक वर्ष २०७७/७८ मा ३१ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १६.९३ प्रतिशतले सुधार गर्न सफल भएको हो ।

त्यस्तै दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि १४.९० प्रतिशतले खुद बीमा शुल्क आर्जन सुधार गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा १७ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफ यस वर्ष व्यवसाय विस्तारमा थप आक्रामक बनेको छ । कम्पनीले ३२.९५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउदै १२ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी आर्थिक वर्ष २०७६/७७ मा जम्मा ९ अर्ब ११ करोड रुपैयाँ मात्रै छ ।

राष्ट्र सेवक कर्मचारीको जीवन बीमा गर्दै आएको राष्ट्रिय बीमा संस्थाले गत वर्ष ७ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यसको झण्डै ५० प्रतिशत हिस्सा नेपाल सरकारले सुनिश्चित गरिदिएको छ ।

नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले व्यवसाय विस्तारमा पुराना बीमा कम्पनीहरुलाई टक्कर दिदै आएको छ । व्यवसाय विस्तारका हिसावले युनियन ५ औ स्थानमा छ । पाँचौ स्थानमा रहेको युनियनले गत वर्ष ६ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । युनियनले पुराना जीवन बीमा कम्पनीहरु एशियन लाइफ, सूर्या लाइफ, मेट लाइफ, प्राइम लाइफ र गुराँस लाइफलाई टपिसकेको छ ।

नयाँ कम्पनीहरु मध्ये दोस्रो आक्रामक कम्पनी सिटिजन लाइफ रहेको छ । सिटिजनले ८१ प्रतिशतले व्यवसाय सुधार गरेको छ । सानिमा लाइफ र महालक्ष्मी लाइफ यस वर्षदेखि अर्वपति क्लवमा उक्लिएका छन् । प्रतिशतका हिसावले सबैभन्दा धेरै व्यवसाय विस्तार गर्नेमा सानिमा लाइफ रहेको छ । सानिमा लाइफले १३३ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरि एक अर्ब ९३ करोड रुपैयाँ संकलन गरेको छ । सबैभन्दा कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफले पनि २५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरि एक अर्ब ८ करोड रुपैयाँ संकलन गरेको छ ।

यस अवधिमा एशियन लाइफले ५ अर्ब ८० करोड, मेट लाइफले ४ अर्ब ८३ करोड, सूर्या लाइफले ४ अर्ब १८ करोड, प्राइम लाइफले तीन अर्ब ९८ करोड, गुराँस लाइफले तीन अर्ब ६३ करोड, सिटिजनले तीन अर्ब ४३ करोड, ज्योति लाइफले तीन अर्ब, रिलायबल नेपाल लाइफले दुई अर्ब ९५ करोड, आईएमई लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५१ करोड रुपैयाँ, सानिमा लाइफले एक अर्ब ९० करोड रुपैयाँ, प्रभु लाइफ अर्ब ४० करोड र महालक्ष्मी लाइफले एक अर्ब ८ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS