काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै यस्तो जनाएको छ । पाँच वर्षभन्दा पुरानो नगद लाभांश कतिपय शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन बैंकले आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन भनेको छ ।
उक्त लाभांश समयमानै बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत बैंकले सुचनामा उल्लेख गरेको छ ।