काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै २०६९/७०, २०७०/७१ र २०७१/७२ सम्मको नगद लाभांश कतिपय शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटल, नागपोखरी, काठमाडौंमा आवश्यक कागजपत्रको प्रतिलिपि सहित सम्पर्क गरी उक्त लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले दिएको यस समय भित्र पनि शेयरधनीले आफ्नो पुरानो लाभांश दिन नआए उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।