IME Life New

सबैको लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दशमलव ५० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले साउन २४ गते दोस्रो बजारमा शेयर सूचीकृत गराई उक्त शेयर कारोबार गर्न सकिने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले गत चैत १४ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर पारित गरेको थियो । कम्पनीले लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि बुक क्लोज गरेकाले फागुन २७ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा मात्र उक्त बोनश शेयर जम्मा गरिदिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

यस अवधिसम्म आफ्नो शेयर हितग्राही खातामा जम्मा गरिसकेका शेयरधनीहरुको हकमा मात्र बोनश शेयर जम्मा गरिदिएको जनाएको छ । त्यसपछि शेयर जम्मा गर्ने सदस्यहरुको हकमा पनि क्रमशः बोनस शेयर जम्मा गर्दै जाने समेत कम्पनीले बताएको छ ।

फागुन २७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS