काठमाडौं । महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकले ग्राहकलाई मनिट्रान्सफर सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले ई–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको हो ।
ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले हालसम्म २४ वटा रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी ग्राहकलाई यस्तो सुविधा दिँदै आएको छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।