Connect IPS
IME Life

गरिमा विकास बैंकको एसजिएम भदौ १५ गते, सहारालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले भदौ १५ गते विशेष साधारण सभा गर्ने भएको छ । बैंकको साउन २१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने जनाएको छ ।

विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित हुनेछ । सभामा सञ्चालक समितिले निर्धारण गरेको १ बराबर १ को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।

Prabhu
Crest

सभामा प्राप्ति पछि गरिमा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS