काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले शेयरधनीलाई २०६४/ ६५ सम्म घोषणा भइ वितरण गर्न बाँकी लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।
२०६४/ ६५ सम्म लाभांश घोषणा भई लिन बाँकी १ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लिन नआएकाले शेयरधनीलाई यथाशिघ्र सम्पर्क गरी लिन कम्पनीले आग्रह गरेको हो ।
कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले उक्त समयभित्र पनि लाभांश रकम नबुझेमा कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा उक्र लाभांश जम्मा हुने बताएको छ ।