काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आफ्ना विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम तथा बोनश शेयर लिन नआएका शेयरधनीलाई उक्त लाभाश लिन आग्रह गरेको हो ।
कम्पनीले हालसम्म पनि लाभांश पूर्जा तथा बोनश शयर प्राप्त गर्न नसेका शेयरधनीले आफ्नो परिचयपत्र वा शेयर प्रमाणपत्र साथमा लिई हिमालयन क्यापिटलमा सूचना प्रकाशित भएको एक महीना भित्रमा गई लाभांश पुर्जा र बोनश शेयर लिन आग्रह गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०५०/ ५१ देखि ०७१/७२ सम्म लिन बाँकी लाभांशको सूचना जारी बैंकले जनाएको छ ।
लाभांश भुक्तानी घोषणा गरेको मितिले ५ वर्षसम्म पनि शेयरधनी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जाने कम्पनीले बताएको छ ।