कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इन्टरनेशनलको विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुख सुवास भट्टराई र नेपाल रेमिट इन्टरनेशनलको तर्फबाट कार्यकारी निर्देशक श्री सुमित मित्तलले हस्ताक्षर गरेका छन् । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।