IME Life New

सरकारले शेयर बजारबाटै कमायो १४ अर्ब ६ करोड पूँजीगत लाभकर, कसले कति कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा शेयर बजारबाट मात्रै १४ अर्ब ६ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । एक आर्थिक वर्षमै नेप्से सूचक १५२२ अंकले सुधार हुँदा नेपाल सरकारले प्राप्त गर्ने पूँजीगत लाभगर १४ सय गुणाले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले शेयर बजारबाट ९७ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो । सिडिएससीका प्रवक्ता सुरेस न्यौपानेका अनुसार यस वर्ष नेपाल सरकारले अहिलेसम्मकै सर्वाधिक धेरै पूँजीगत लाभकर उठाउन सफल भएको हो ।

नेपाल सरकार सँगै यस वर्ष ब्रोकर कार्यालय, नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड पनि मालमाल भएको छ । यस वर्ष ब्रोकरहरुले ब्रोक्रेस कमिसन बापत ११ अर्ब ५९ करोड एक लाख २३ हजार १८९ रुपैयाँ आम्दानी गरेका छन् ।

Esewa
Crest

त्यस्तै नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा ४३ करोड ४ लाख ११ हजार ११० रुपैयाँ कमिसन तथा शुल्क प्राप्त गरेको छ । नेपाल स्टक एक्सचेन्जले शेयर बजारबाटै एक अर्ब ८१ करोड ५१ लाख ३०८ रुपैयाँ कमिसन तथा शुल्क प्राप्त गरेको छ ।

सरकारले विभिन्न क्षेत्रबाट पूँजीगत लाभकर उठाउने गरेको छ । पूँजीगत लाभकर भनेको आफूले लगानी गरेको पूँजी वृद्धि भएपछि राज्यलाई केही प्रतिशत करको रूपमा दिनु हो, घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पूँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने कर यसमा पर्दछ ।

सरकारले शेयर बजारबाट प्राप्त हुने पूँजीगत लाभकरलाई खासै वास्ता नगरिरहेको सन्दर्भमा यस वर्ष सरकारको आम्दानी प्रमुख स्रोत शेयर बजार भएको छ । शेयर बजार बढ्दा नियामक निकाय तथा नेपाल सरकारका पदाधिकारीहरु आत्तीने गरेका छन् । तर सरकारले शेयर बजारलाई प्राथमिकता दिने हो भने यस क्षेत्रबाट पनि राम्रो आम्दानी हुने रहेछ भन्ने कुरा प्रमाणित भएको छ । यस भन्दा अगाडिका अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई तथा डा. युवराज खतिवडाको शेयर बजार प्रतिको बुझाइ र गराइले शेयर बजारमा नराम्रो असर गरेको थियो ।

भट्टराईले सार्वजनिक रुपमै शेयर बजारलाई जुवाघरको संज्ञा दिदा बजारमा ठुलो पहिरो गयो । त्यस्तै खतिवडाले शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्रको रुपमा व्याख्य गर्दै यस्ता क्षेत्रमा प्रवाह हुने कर्जालाई नियन्त्रण गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गरिने भन्दै अभिव्यक्ति दिदा शेयर बजारमा पहिरो गएको थियो ।

खतिवडाले सुरुवातमा उक्त अभिव्यक्ति दिए पनि कार्यकालको पछिल्लो समयमा शेयर बजार मैत्री अभिव्यक्ति दिदै आएका थिए । उनले जति राम्रो अभिव्यक्ति दिए पनि उनलाई शेयर बजारले खासै पोत्याएन । बरु उनको बहिर्गमनको समाचारले शेयर बजार सुधार भएको पाइन्थ्यो । उनको बहिर्गमन सँगै निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेल आए । उनको आगमन सँगै शेयर बजारले दिन दिनै रेकर्ड बनाएको थियो । ब्रोकर कम्पनीका मालिक समेत रहेका पौडेललाई शेयर बजारले सकारात्मक रुपमा लियो । परिणाम, शेयर बजार एकै वर्षमा १५२२ अंकले सुधार भयो । गत आर्थिक वर्षको अन्तिम समयमा माओवादीका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री भएका छन् । उनले पनि लगानीकर्ताको विस्वास जित्न पूँजी बजारबारे सकारात्मक भाषण गर्दै आएका छन् ।

सरकारको अर्बौ रुपैयाँ कर उठ्ने यस्ता क्षेत्रलाई उपेक्षा गर्ने भन्दा पनि दिर्घकालिन रुपमा प्रतिफल लिने गरि सरकारले आफ्नो नीति तथा कार्यक्रममा उच्च प्राथमकिता दिनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS