IME Life New

तोकिएको समयमा पुगेन पूँजी अब के गर्छ बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केशब प्रसाद भण्डारी

बीमा कम्पनीहरुले बीमा समितिले तोकेको समयमा पूँजी जुटाउँन असफल भएका छन् । बीमा समितिले दुई पटक समय थप गरी चालु आवको पुसमसान्त सम्ममा पूँजी कायम गर्न समय दिएको थियो । तर, उक्त अवधिमा सबै कम्पनीहरुले पूजी भने कायम गर्न सकेनन् ।

Esewa
Crest

समितिले २०७५ असार मसान्तसम्ममा नै जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पूँजी कायम गर्न निर्देशन दिएको थियो । तर, उक्त अवधिमा पूँजी कायम गर्न नसकेपछि तीन/तीन महिना गरी दुई पटकसम्म समितिले पुसमसान्तसम्मको समय थपेको थियो । तर, उक्त अवधिमा पनि कम्पनीहरुले पूँजी भने जुटाउँन सकेनन् ।

चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार चार वटा निर्जीवन बीमा कम्पनीहरुले समितिले तोेकेको पूँजी जुटाएका छन् । नेको इन्स्योरेन्स, शिखर, हिमालयन र प्रभु जनरल इन्स्योरेन्स १ अर्ब पूँजी जुटाएका छन् । त्यसैगरी नेपाल लाईफ र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २ अर्ब चुक्ता पूँजी कायम गरेका छन् ।

खोई त फोर्स मर्जर

बीमा कम्पनीहरुले तोकिएको समयमा पूँजी कायम नगरे फोर्स मर्जरमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले दाबी गरेका थिए । तर, कम्पनीहरुले तोकिएको समयमा पूँजी कायम गर्न नसक्दा बीमा समिति नै मौन छ । मर्जरमा जान नसके पछि पनि समय थप गर्ने वा नगर्ने भन्ने पनि निर्णय गर्न सकेको छैन ।

समितिले तत्कालिन समयमा क्रस होल्डिग भएका कम्पनीलाई फोर्स मर्जरमा लैजाने स्पष्ट पारेको थियो । एउटै व्यापारिक घारानाले एक भन्दा बढी कम्पनीमा लगानी गरेका छन् ।

समय थप भएन

कम्पनीहरुले समयमा पूँजी कायम गर्न नसकेपछि अर्को छ महिना थप गर्ने भनिए पनि समितिले भने समय थप गर्न सकेको छैन । समितिको सञ्चालक समितिले समय थप गर्न अस्वीकृत गरेपछि समय थप गर्न नसकिएको समितिले स्रोतले बताएको छ । तर, अब भने प्रत्येक कम्पनीलाई बोलाएर पूँजी योजना बारे जानकारी लिने समितिको योजना रहेको छ ।

समितिले जारी गरेको बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धित निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको पूँजी तोकेको थियो । नयाँ कम्पनीहरुको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS