काठमाडौं । नेप्सेमा महालक्ष्मी विकास बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको ८.८० प्रतिशत बोनश बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता शेयर सूचिकृत भएको हो ।
उक्त लाभांश चैत्र १३ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत्र ३ गतेदेखि बुकक्लोज गरेको थियो । चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।