काठमाडौं । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.० योजना सुरु गरेको छ । यो योजनामा कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।
यो ‘नेपालमै पहिलो पटक’ २४सै घण्टा र हप्ताको सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सकिने समेत बैंकले जानकारी दिएको छ ।
। एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँसम्म २४सै घण्टा र सातै दिन दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ ।