IME Life New

इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने भएको छ । बैंक र इङ्गवा जलविद्युत् लिमिटेडबिच अपर इङ्गवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।

९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुब र पाँचथर जिल्लाको याबबाराक र सिदिबबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने भएको हो।

Esewa
Crest

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा बापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ ।

आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS