काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ ।संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको जनाएको छ ।
ई–सेवा फोन पे प्रा.लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा उपलब्ध हुने संस्थाले जनाएको छ ।
यसबाट ग्राहक सदस्यहरुले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाईल एप तथा वेभसाइट मा लगइन गरी यो सेवाको उपयोग गर्न सक्ने छन् । साथै यो सेवा नेपालमा मात्रै नभएर विदेशबाट पनि उपयोग गर्न सकिने संस्थाले जनाएको छ ।
सो सेवाको बैंकको आधिकारिक लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नंबर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिने र यदि कुनै समस्या भएमा ९८५६०४६२००.नंम्बरमा सम्पर्क गरी समाधान गर्न सकिने संस्थाले जनाएको छ ।