IME Life New

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा आज हुँदैछ । दुबै लघुवित्तले एक आपसमा गाभ्ने गाभिने तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने छन् ।

नेशनल माइक्रोफाइनान्सको सभा केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले १००ः६८ शेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता शेयर हुनेले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर पाउने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।

Esewa
Crest

सभाले प्राप्तिपश्चात संस्थाको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गरिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

त्यसैगरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा संस्थाको केन्द्रीय कार्यालय, मकवानपुरमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

त्यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाको विशेष प्रस्तावमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने एजेन्डा रहेको छ ।

संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS