IME Life New

एनएमबि बैंकले ल्यायो विद्युतीय सवारी र साइकल कर्जा योजना, यस्तो छ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले स्वच्छ, सफा र हराभरा वातावरणप्रति ऐक्यवद्धता जनाउँदै उक्त योजना ल्याएको जनाएको छ । वातावरणीय संरक्षण र ग्राहकको आवश्यकतालाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले नयाँ सुविधा प्रस्तुत जनाएको छ ।

एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्ड वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्म विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुका साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ० दशमलव २५ प्रतिशत छुटको अफर ल्याएको हो।

Esewa
Crest

यस अन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काठमाडौँ बाइक स्टेसन पानीपोखरी, साइकल ल्यान्ड, काठमाडौंबाट माउन्टेन बाइक ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS