IME Life New

सिटिजन लाइफद्वारा एकै दिन दुई मृत्यु बीमा दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ।कम्पनीले कोरानाको महामारी बिचमै सुरक्षित स्वास्थ मापदण्ड अपनाएर बीमितको घरमै पुगेर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो।

एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिनुभएकी गल्याङ ( ५ मिर्मीकी तुलसी घर्तीको बिमा गरेको एक बर्षमा मृत्यु भए पछि दाबी भुक्तानी बापतको ११ लाख ३० हजार रुपैयाँको चेक रकम मृतकका छोरा अमृत जि.सि लाई हस्तान्तरण गरेको हो।

Esewa
Crest

त्यसै गरि अर्को दाबी रकम सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा बाटै ५ लाख बिमाङ्कको सुभारम्भ बिमा योजना खरिद गर्नु भएका तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिको मृत्यु भए पछि दाबी भुक्तानी बापतको ५ लाख ६७ हजार रुपैया मृतककी श्रीमती नैना पूरिलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा पाल्पा शाखा प्रबन्धक विजय कार्कीले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पार्नुका साथै मृतकको परिवारले दुई गुणा बिमान्क अन्तर्गत थप एक गुणा बिमा रकम बिमा समाप्ती अवधीमा सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए ।

एजेन्सि मेनेजर रिता पाण्डेयले दाबी भुक्तानी फछ्र्यौट कम्पनीले डिजिटल माध्यमबाट छिटो तथा सरल तरिकाले गरेको बताईन । दाबी भुक्तानी हस्तान्तरण छिटोभन्दा छिटो उपलब्ध गराएर सिटिजनले आम मानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा बनाउने प्रयास गरेको बताइन। कार्यक्रममा ब्रान्च अफिस असोसिएट जिन्ता राना, एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली , शशी आले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS