IME Life New

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन झण्डै ९९ अर्ब नजिक, कुन कम्पनीको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ९८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ८३ लाख ९७ हजार ७ सय ५५ वटा बीमा पोलिसी जारी गरि ९८ अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २६ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ९अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसमममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १८ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब ४१ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ८० करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ३६ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब २७ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १३ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफको २ अर्ब ४३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३९ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब १ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९८ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८१ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६२ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS