Connect IPS
IME Life

समाज र स्वस्तिक लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज जेठ ११ गते विशेष साधारण सभा गर्दैछन् । यी दुई लघुवित्तले मर्जर प्रस्ताव पारित गर्नका लागि सभा बोलाएका हुन् ।

समाज लघुवित्तले जानकी फेमली होटल एण्ड लज, मलंगवा, सर्लाहीमा दिउँसो २ बजे र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल नेमान, लहान, सिरहामा दिउँसो २ बजे सभा बोलाएको हो ।

Prabhu
Crest

सभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । दुई कम्पनीबिच सहमति भएको १ बराबर १ शेयर आदानप्रदान रेसियोलार्ई पनि सभाले स्वीकृति प्रदान गर्ने जनाएको छ ।

मर्जर पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र चुक्तापूँजी ४ करोड कायम गर्ने र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वस्तिक लघुवित्तको संस्थापक शेयरधनीहरुले राखेको कल इन एडभान्समा रहेको २ करोड ६५ लाख ५० हजार रकमलाई स्वस्तिक लघुवित्तको संस्थापक शेयरमा गाभेर जम्मा चुक्ता पूँजी ६ करोड २६ लाख ५० हजार कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्नका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS