IME Life New

यूनियन लाइफको साधारण सभा आज हुँदै, स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा आज जेठ ११ गते हुँदैछ । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभाको मिति तय गरेको हो ।

कोभिड १९ को प्रभावका कारण वार्षिक साधारणसभामा उपस्थित हुने शेयरधनीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आधिकारिक परिचयपत्रका साथमा लिई आउन कम्पनीले अनुरोध गरेको छ।

Crest

कम्पनीले साधारणसभाबाट स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने भएको छ ।

साधारणसभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा नाफारनोक्सान हिसाव एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।

हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई नै पुनः नियुक्त गर्ने छ । कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS