काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई काठमाडौं उपत्यका भित्र ६ वटा शाखा मात्रै खोल्न निर्देशन दिएको छ । बाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा तीन, ललितपुर जिल्लामा दुई र भक्तपुर जिल्लामा एउटा मात्रै शाखा खोल्न पाउने छन् । त्यस्तै विकास बैंकहरुले काठमाडौं जिल्लामा दुई वटा र भक्तपुर र ललितपुरमा एक/एक वटा शाखा मात्रै खोल्न पाउने भएका छन् । ‘ग’ वर्गका फाइनान्सहरुले तीन वटै जिल्लामा एक/एक वटा मात्रै शाखा कार्यालय सञ्चालन गर्न सक्ने छन् ।
त्यसैगरी बैशाख १९ गते जारी सोही निर्देशन बमोजिम संस्थाको केन्द्रीय कार्यालयहरु संचालन गर्ने र अत्यावश्क बैंकिङ सेवाको लागि बन्द रहेका शाखा कार्यालयहरुमा सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा , खुला रहने शाखा समय अवधि सुचना दैनिक प्रकाशन गर्न समेत राष्ट्र बै.कले आग्रह गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । साथ साथै राष्ट्र बैंकले यस भन्दा अगाडि जारी गरेका निर्देशनहरुलाई पनि पालना गर्न निर्देशन दिइएको छ ।