IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको कोभिड केयर कर्जा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले कोरोना संक्रमितको उपचारमा सघाउने उद्देश्यले कोभिड केयर कर्जा ल्याएको छ । बैंकले किस्ताबन्दीमा तिर्न सकिने सुविधासहितको नयाँ कर्जा योजना सार्वजनिक गरेको जनाएको छ ।

योजनामा १० लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सकिनेछ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा बैंकले कर्जा लिन चाहनेलाई अनलाइनमार्फत यस सुविधा दिइएको बैंकले जानकारी दिएको छ ।

Esewa
Crest

४८ घन्टाभित्र ग्राहकबाट आवश्यक कागजात लिएर प्रक्रिया पूरा भएपछि उक्त कर्जा प्रदान गरिनेछ । कर्जा भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था रहेको बैंकले बताएको छ ।

कर्जा सुविधाअन्तर्गत ग्राहकले आफ्नो तथा परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्मको रकम अधिकतम ५ वर्षे अवधिका लागि लिन सक्नेछन् । मासिक किस्तामा तिर्न सकिने गरी वार्षिक ९ प्रतिशत ब्याजदरमा यस कर्जा प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS