IME Life New

जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन ५३%ले बढ्यो, ९ महिनामा ११ अर्बमाथि खर्चिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा  ११ अर्ब १४ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।  कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ७ अर्ब २६ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए ।  गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन ५३ दशमलव ३ प्रतिशतले बढेको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने संस्थामा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ८४ करोड रुपैयाँ अभिकर्ता कमिशन खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा दुई अर्ब १८ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन ३० दशमलव ६ प्रतिशत बढेको हो ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले चैत मसान्तसम्ममा १ अर्ब ४० करोड रुपैयाँ कमिशन बीमा अभिकर्ताका लागि खर्चिएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन २८ दशमलव ५ प्रतिशतले बढी हो ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन ६५ प्रतिशतले बढेर ९७ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार युनियन लाइफले तेस्रो त्रैमाससम्मा ९६ करोड ४९ लाख रुपैयाँ, एशियन लाइफले ५६ करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफले ४५ करोड ७४ लाख रुपैयाँ, गुराँस लाइफले ४५ करोड ३ लाख रुपैयाँ, मेट लाइफले ४० करोड १ लाख रुपैयाँ, सूर्या लाइफले ३६ करोड २५ लाख रुपैयाँ आइएमई लाइफले ३५ करोड १७ लाख रुपैयाँ, प्राइम लाइफले ३४ करोड ८५ लाख रुपैयाँ र ज्योति लाइफले ३४ करोड ५ लाख रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ३३ करोड १० लाख रुपैयाँ, रिलायन्स लाइफले ३० करोड २४ लाख रुपैयाँ, सन नेपाल लाइफले २५ करोड ५६ लाख रुपैयाँ, सानिमा लाइफले २५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २० करोड ८५ लाख रुपैयाँ, प्रभु लाइफले १७ करोड १५ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १५ करोड ३९ लाख रुपैयाँ अभिकर्ता कमीसनमा खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS