IME Life New

जीवन बीमा कम्पनीको नाफा १९% ले बढ्दा दुई कम्पनीको घट्यो,प्रतिशतका आधारमा प्रभु लाइफ अगाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीमध्ये दुई कम्पनीको नाफा घटको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको नाफा घटेको छ । १९ जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ३ अर्ब २० करोड ८८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ४६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले १९ दशमलव ०८ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएका हुन् ।

यद्यपि जीवन बीमा कम्पनीको आर्थिक अवस्था र बलियोपनाको मापन मुनाफा होइन, बरु जीवन बीमा कोष हो र व्यवसाय विस्तार र पहुँच बृद्धिको आधार खुद बीमा शुल्क आर्जन हो । बीमाङ्कीय मूल्याङ्कनको क्रममा जीवन बीमा कम्पनीको खुद नाफा घटबढ हुने भएकोले वित्तीय विवरणमा प्रकाशित मुनाफा अन्तिम मुनाफाको रुपमा समेत रहदैन ।

Esewa
Crest

यस त्रैमासमा पनि नेपाल लाइफकै अग्रता कायम रहेको छ । कम्पनीले यस अवधिमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८ दशमलव ३६ प्रतिशतले बढी हो ।

दोस्रोमा धेरै मुनाफा आर्जन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २ दशमलव २० प्रतिशतले बृद्धि गरी ३२ करोड २५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, तेस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेट लाइफले २५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २२ करोड ८६ लाख, रिलायबल नेपाल लाइफ २० करोड ३४ लाख रुपैयाँ, एशियन लाइफले १८ करोड २१ लाख, एलआइसी नेपालले १५ करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफले १४ करोड ५७ लाख, प्रभु लाइफले १३ करोड ७८ लाख रुपैयाँ, ज्योति लाइफले १२ करोड ७ लाख, गुँरास लाइफले १० करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले १० करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।

१० करोडभन्दा कम मुनाफा आर्जन गर्ने कम्पनी
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सन नेपाल लाइफले ९ करोड ५५ लाख, सानिमा लाइफले ९ करोड ३६ लाख, यूनियन लाइफले ८ करोड २५ लाख, महालक्ष्मी लाइफले ६ करोड ६८ लाख, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ५८ लाख र राष्ट्रिय बीमा संस्थाले ४ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

कुन कम्पनीले कति प्रतिशतले बढाए मुनाफा
अघिल्लो आवको तुलनामा मुनाफा बृद्धि प्रतिशतको आधारमा प्रभु लाइफले १४८ दशमलव ३४ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ, जुन सबैभन्दा बढि हो । त्यस्तै, सूर्या लाइफले ५५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा एलआइसीले ४२ प्रतिशतले नाफा बृद्धि गरेको छ भने चौथो स्थानमा एशियन लाईफ रहेको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३५ प्रतिशतले बृद्धि भएको छ ।

सन नेपाल लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३० प्रतिशतले बृद्धि गरेको छ । प्राइम लाइफले २४ प्रतिशत, गुराँस लाइफले २४ प्रतिशत, रिलायबल नेपाल लाइफले २१ दशमलव ८१ प्रतिशत, मेट लाइफले १९ दशमलव ३७ प्रतिशतले, सानिमा लाइफले ११ दशमलव ७५ प्रतिशतले, नेपाल लाइफले ८ दशमलव ३६ प्रतिशतले, रिलायन्स लाइफले ७ दशमलव २९ प्रतिशत, ज्योति लाइफले ४ दशमलव ८९ प्रतिशत,नेशनल लाइफले २ दशमलव २० प्रतिशत,आइएमई लाइफले २ प्रतिशत, महालक्ष्मी लाइफले १ दशमलव ५० प्रतिशत र सिटिजन लाइफले १ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS