हाल बानेश्वर शंखमुल बस्दै आएकी पुष्पा केसीको पुर्खेली घर भने बाग्लुङ हो । जागिरको सिलसिलामा उनी विस २०५२ सालमा बसाइँसराइ गरेर नेपालगञ्ज आईन । विस २०७० साल देखि उनी काठमाण्डौ बस्दै आएकी छिन् । पुष्पा विस २०६७ साल देखि एलआइसी नेपाल कम्पनीमा बीमा अभिकर्ता पेशामा आवद्ध रहदै आएकी छिन् । यो पेशामा लाग्नु पूर्व उनी शिक्षक पेशामा कार्यरत थिईन् ।
अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि उनले आफैले अध्यापन गराउने विधालयका सहकर्मिहरुको बीमा गराईन । पहिलो बीमा गराउँदा खासै गाह्रो नभएको उनी बताउँछिन् । उनी भन्छिन् “उहाँहरुले बीमा बुझी सक्नु भएको थियो त्यसैले मैले बुझाउनै परेन ।”
“शिक्षक पेशाबाट थोरै आम्दानी हुन्थ्यो, चार चार महिनाको तलव चार दिन मै सकिने अवस्था थियो । यो पेशामा आम्दानी राम्रो हुने देखे त्यसपछि अभिकर्ता पेशामा आवद्ध रहदै आएकी,” उनले भनिन ।
एउटा बीमा अभिकर्तामा असल छबी, पारदर्शिता, लगनशीलता, वोलिमा मिठासपन, हसिलो व्यवहार र धर्यता जस्ता गुणहरु हुनु आवश्यक हुन्छ उनले भनिन । यस्ता विभिन्न गुणहरु भएकै कारणले गर्दा पुष्पा आजसम्म यहि पेशामा आवद्ध छिन् ।
केसीमा एउटा बीमा अभिकर्तामा हुनु पर्ने गुणहरु प्रशस्तै छन् । मेहनत र धैर्य गर्ने क्षमता उनमा छ । साथमा लगनशिल र विषयवस्तुको ज्ञान पनि छ र काम गर्न सक्ने क्षमता पनि । उनी भन्छिन् यो पेशा अपनाउने जो कोहिले पनि आफुलाई आवश्यक पर्ने रकमका लागि मिहेनत गरेमा जति पनि आम्दानी गर्न सक्छन् साथमा आफनो आम्दानीसँगै सामाजिक रुपबाट आर्थिक प्रत्याभुति, समाज सेवा जस्ता कार्यहरु पनि गर्न सकिन्छ ।आम्दानीका लागि जे काममा पनि मेहेनत त गर्नै पर्छ, तर यो पेशामा समयको सिमा हुदैँन, जसले गर्दा आफुले सके जति आम्दानी गर्न सकिन्छ, उनी बताउँछिन् ।
बीमा एक किसिमको मानव सेवा हो, साथै आम्दानीको एक पाटो पनि । अभिकर्ताको पेशामा लागे पछि म चाहिँ दोस्रो भएको रेकर्ड छैन्, उनले बताईन । शुरुशुरुमा त उनलाई शिक्षक पेशा छोडेकोमा अब के हुने होला जस्तो लाग्थ्यो । तर उनले कम्पनीले दिएको टाग्रेट लाई पूरा गर्दै गईन र सफल भईन ।
अभिकर्ता पेशामा लागे पछि एकदम सन्तुष्ट महशुस गरेको पुष्पा बताउँछिन् । शिक्षक पेशा छोडेर अभिकर्तामा आएसँगै नाम, दाम कमाएकी पुष्पा भन्छिन, आजकल यो पेशामा चुनौतिहरु बढ्दै छन् । नयाँ बीमा कम्पनी आउनु, बीमा कम्पनी र बैंकहरु बीच हुने सम्झौता, असंगठित अभिकर्ताहरु बजारमा बढ्नु लगाएतका कारणहरुले अभिकर्ताहरुको पेशामा समस्या उत्पन्न भएको छ ।
बीमा आर्थिक सुरक्षा हो, आजको सानो सानो बचतले भोलिको ठुलो आर्थिक जोखिम बहन हुन्छ । तर आज पनि बीमा प्रति आम मानिसहरुको आकर्षण बढ्न सकेको छैन्, पुष्पा बताउँछिन् ।लामो समय देखि अभिकर्ता पेशामा लागेकी पुष्पा विभिन्न अर्वाडहरुले सम्मानित भई सकेकी छिन् । चेयरम्यान अर्वाड, एमडिआरडि, सिओटि, टिओटि, बीमारत्न, बीमा सम्राट जस्ता अवार्ड प्राप्त गरेकी पुष्पाले विभिन्न देशहरुको भ्रमण पनि गरि सकेकी छिन् । उनले मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया, इजिप्ट, दुबई, इण्डिया देशहरुको भ्रमण गरिसकेकी छिन् ।
धेरै जस्तो मैले महिलाहरुको नै बीमा गराउने गरेकी छु, मकै पोल्ने देखि लिएर साग बेच्ने सामान्य किसिमका मानिसहरुको बीमा गराउने गर्छु, सानो सानो घुम्ति पसलमा काम गर्नेहरुको बीमा गराउँदै आएकी छु, पुष्पा बताउँछिन् । सधै किनमेल गर्न जाने कपडा पसल, सुन पसल, पार्लरमा पनि गएर बीमा गराउने पुष्पा भन्छिन, उनीहरुको आजको सानो रकमले भोलि पर्न सक्ने ठुलो आर्थिक समस्या लाई बहन गर्न सकोस ।
बीमा अभिकर्तामा सहनशिलता र धर्य रहने बानि हुनु पर्छ पुष्पा बताँउछिन् । बीमा अभिकर्ता बीमा कम्पनी र विमितको बीचमा पुलको माध्यम भएर काम गर्ने व्यक्ति हो । बीमा क्षेत्रलाई अगाडि बढाउनका लागि अभिकर्ताको साथ सँगै राज्य र बीमा कम्पनिको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । पुष्पा सासुआमा, श्रीमान, १ छोरी र छोराको साथमा बस्दै बस्छिन् । लामो समयसम्म शिक्षक पेशामा कार्यरत रहेकी पुष्पा अभिकर्ता पेशामा संलग्न भएको पनि लामो समय भईसकेको छ । उनी भन्छिन् एउटा ग्राहक समक्ष बीमा गर्ने प्रस्ताव लिएर जादाँ उ कुन लेवलको हो, कस्तो परिवेशको हो त्यो बुझ्न जरुरी हुन्छ ।
बीमा गराउँदा भोगेका केही तिता, मिठा अनुभवका साथमा रमाईला र सम्झन लायकका पलहरु भएको उनी बताउँछिन् । म सँग भएका तीनै रमाइला अनि केहि तिता अनुभवहरु लाई आत्मसाथ गर्दै आमसमुदाय लाई बीमाको ज्ञान बाड्दै बीमाको दायरा लाई फराकिलो पार्ने उद्देश्य लिएर अघि बढ्दै छु, पुष्पाले बताईन ।