IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा ११ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिम कम्पनीले १२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले ११ दशमलव ३९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

यस त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २२ दशमलव १३ प्रतिशतले बढेर ५२ करोढ ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड १६ लाख रुपैयाँले खुद बीमाशुल्क आर्जन गरेको छ ।

Esewa
Crest

कम्पनीले यस त्रैमासको अवधिमा १ लाख १९ हजार ३ वटा बीमालेख जारी गरी १ अर्ब १ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।कम्पनीले समिक्षा अवििधमा ४ हजार ९७० वटा दाबी बापत ७७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ११ करोड ९२ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीकोे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS