IME Life
GBIME

नेपालले नयाँ ३/४ वटासम्म पुनर्बीमा कम्पनी धान्न सक्छ, अशोक कुमार खड्काको विश्लेषण

SPIL
NIC ASIA new
NLIC

अशोक कुमार खड्का

बीमा समितिले निजी स्तरबाट एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स खुला गरेको छ । तर पूँजीको पर्याप्तता भए सम्म ३/४ वटासम्म पुनर्बीमा कम्पनीहरुलाई इजाजत दिंदा फरक पर्दैन । कुनै पनि पुनर्बीमा  कम्पनी स्थापनाको उद्देश्य नै बैदेशिक व्यापारलाई भित्राउनु हुन्छ । अत्यधिक पुनर्बीमा  कम्पनीहरु विदेशको व्यापारलाई मुख्य लक्ष्य बनाई स्थापना तथा संचालन भएका हुन्छन । स्वदेशी व्यापारमा मात्र निर्भर हुँदा कम्पनीले खर्च पनि धान्न सक्दैनन् भने १० अर्व लगानी गर्ने लगानी कर्तालाई के दिने ?

Crest

पुनर्बीमा कम्पनीहरु खुल्दा विदेशी मुद्रा पलायन हुनबाट अत्यधिक नियन्त्रित हुन्छ किनभने स्वदेशी बीमकहरुले विदेशी पूनर्वीमक भन्दा स्वदेश कै पुनर्बीमा  कम्पनीलाई प्राथमिकता दिने गर्दछन् । रेमिटेन्समा निर्भर भएको देश भएकोले पुनर्बीमा  कम्पनीहरु कुशल तरिकाले संचालन भएमा रेमिटेन्सको परिपूरक बन्न सक्छन् किनभने यस्ता कम्पनीहरु अत्यधिक विदेशी मुद्रा भित्राउने माध्यम बन्न सक्छन ।

व्यवसाय बृद्धिको लागि र कम्पनीलाई सहि तरिकाले संचालन गर्न पुनर्वीमकहरुले विदेशी विज्ञहरु राख्ने हुँदा विदेशी रणनीति तथा योजनाहरु पनि भित्रिने हुँदा देशमा दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ ।

पुनर्बीमा  कम्पनी खोल्ने प्रतिवद्धता पाउँ भन्दा देशमा लगानीकर्ताहरु ओइरो लागेको अवस्था छ । प्रत्येक प्रस्तावित पुनर्वीमक सँग १२ देखि १५ अर्ब रुपैयाँसम्मको प्रतिवद्धता छ । यदि १० अर्ब रुपैयाँ नै पूँजी कायम गरि थप ४ वटा कम्पनीलाई इजाजत दिँदा ४० अर्ब रुपैयाँ रकम पूँजी बन्न जान्छ । अहिले व्यक्तिहरु सँग रहेको रकम सहि ठाउँमा प्रयोग नभएको अवस्था छ ।  तर पुनर्बीमा मा लगानी भएमा ४० अर्ब रुपैयाँ रकम संस्थागत बन्न जान्छ । यत्रो रकम संस्थागत हुँदा देश भित्र नै लगानी हुने हो र कर पनि संस्थागत तरिकाले भूक्तान हुन्छ । तर व्यक्ति सँग भएको पूँजी संस्थागत हुन सक्दैन ।

पूनर्वीमकहरुले बैदेशिक व्यापार बढि गर्ने हुँदा यस क्षेत्र सँग सम्बन्धित विदेशी विज्ञ, विदेशी ब्रोकर कम्पनी, पुनर्वीमक, वीमकहरुको आकर्षण तथा आवत जावत बढि हुने भएकोले पर्यटन क्षेत्र समेत प्रवर्द्धन हुन्छ । साथै त्यस क्षेत्रका व्यवसायीहरुलाई अन्य क्षेत्रमा समेत आकर्षित गर्न सकिन्छ ।

यस क्षेत्रको लगानीको कारण नेपालमा लगानी गर्न सजिलो र भरपर्दो भन्ने सुचना विदेशमा समेत प्रचार प्रसार हुन्छ किनभने पूनर्वीमकहरुले अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन तथा गोष्ठी आयोजना गर्नै पर्ने बाध्यता हुन्छ ।

पूनर्वीमकहरु धेरै नै भएको अवस्थामा बैदेशिक ब्रोकरहरुको ध्यान नेपाल प्रति आकर्षित हुने भएकोले ब्रोकर कम्पनीका शाखाहरु खुल्ने र फलस्वरुप देशले विदेशी ब्रोकरहरुबाट समेत कर संकलन गरि राजश्व बढाउन सक्छ ।

कुनै पनि कार्य गर्दा सार्क राष्ट्रहरुमा के छ भनि हेर्ने हाम्रो प्रचलन छ र त्यसैको अनुशरण पनि गरिन्छ । तर हरेक विषयमा छिमेकी राष्ट्रहरु सँग मेल खाँदैन किनभने प्रत्येक देशको आ–आफ्नै आर्थिक, वित्तिय तथा प्रशाशनिक अवस्था हुन्छ । व्यापक लगानीका सम्भावना भएका देशहरुमा पुनर्बीमा  कम्पनी खोल्न लगानीकर्ताहरु रुचि राख्दैनन् किनभने पुनर्बीमा  भन्दा अन्य क्षेत्रबाट बढि प्रतिफल प्राप्त हुन्छ । तर हाम्रो जस्तो देशमा लगानीका सम्भावनाहरु अत्यधिक न्यून छन् र सबै सँग चाहिने मात्रामा ज्ञान र शिपको अभाव छ । फेरि पुनर्बीमा  जस्तो क्षेत्रमा लगानी गर्दा प्रतिफल कम भए पनि लगानी सुनिश्चित रहने अत्यधिक सम्भावना हुन्छ । किनकी कम्पनीको नियमन, वित्तिय विवरण, प्रगति विवरण लगायतका सुचनाहरु निर्वाध रुपमा लगानीकर्ताले पाउँछन् ।

धेरै पुनर्वीमक हुँदा पर्न सक्ने जोखिमः

पर्याप्त मात्रामा नियमन हुन नसकेमा पूनर्वीमकहरुले व्यापार विस्तार गर्ने होडवाजीका कारण अत्यधिक जोखिम लिन सक्ने र त्यस्तो परिस्थितीमा विदेशी मुद्रा भित्राउने भन्दा पनि दावी मार्फत बाहिर जाने सम्भावना पनि उत्तीकै रहन्छ ।

पूनर्वीमकहरुले सहि तरिकाले विश्लेषण गर्न नसकेमा देश भित्रको सम्पूर्ण जोखिम देश भित्रै रहने र कुनै दैवि प्रकोप परेमा स्वदेश कै पूनर्वीमकहरुमा भार पर्न सक्दछ ।

अपनाउनु पर्ने सावधानीः

पुनर्बीमा  कम्पनी संचालनमा प्रभाव पार्ने प्रमुख विषय त्यस कम्पनीको “कार्य संचालन विनियमावली”  र “पुनर्बीमा  नीति” नै मूख्य हो । यसैको आधारमा कम्पनीहरुले जोखिमको बर्गिकरण, मूल्याँकन र निर्णय गर्नु पर्ने हुन्छ । जोखिमको उचित मूल्याँकन नभई वा बर्गिकरण नगरी निर्णय लिंदा कम्पनी तत्काल धरासायी हुनसक्ने सम्भावना अत्यधिक रहन्छ । तसर्थ उपरोक्त नीति र सो को विश्लेषणात्मक प्रयोगले कम्पनीको संचालनमा प्रभावकारिता आउँछ । उक्त नितिहरुको निर्माण तथा प्रयोगमा कम्पनी व्यवस्थापन तथा संचालक समितिले ध्यान दिए नदिएको विषयको प्रभावकारी नियमन नियामकले गर्नु जरुरी छ । उपरोक्त नितिहरुको कुशल प्रयोग र नियमित रुपमा हुने नियमनको समायोजनले कम्पनीहरुको उन्नतीमा कोशे ढुँगा सावित हुन्छ तर उक्त नीति तथा नियमनको अभावमा कम्पनीको अस्तित्व नै खतरामा पर्न सक्दछ ।

तसर्थ कम्पनीहरुले “कार्य संचालन विनियमावली” र “पुनर्बीमा  नीति” निर्माण गर्दा पर्याप्त अध्ययन, विश्लेषण र समिक्षा गर्नु जरुरी छ साथै यसको प्रयोग गर्दा सावधानी अपनाउनु अत्यन्त जरुरी छ ।

उपरोक्त नीतिहरुको सहि परिपालना भए नभएको, कम्पनी संचालन व्यवसायिक उग्रतामा भए नभएको, जोखिमको सहि वर्गिकरण गर्ने नीति रहे नरहेको साथै कार्यान्वयन स्तरमा कर्मचारी दक्ष रहे नरहेको निरन्तर नियमनमा सावधानी नियामकले गर्नु जरुरी हुन्छ ।

(खड्का नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS