Connect IPS
IME Life

सानिमा लाइफको खुद बीमा शुल्क आर्जन १५१ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा करिब २ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५७ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५१ दशमलव ५८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७७ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११ दशमलव ७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ८ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको कु बीमाशुल्क आर्जन १५४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ५८ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS