IME Life New

को हुन् बीमा अभिकर्ता ? यस्ता छन् बीमा अभिकर्ताको योग्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा नभई निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवर्द्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । अभिकर्ताहरुलाई बीमा कम्पनीको मेरुदण्ड पनि भनिन्छ । बीमा अभिकर्ता जीवन व्यवसायका मेरुदण्ड हुन् । जीवन बीमा कम्पनीको ग्राहक बृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन् । जीवन बीमा कम्पनीलाई मानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भुमिका बीमा अभिकर्ताको रहेको हुन्छ । समाजमा छरिएर रहेका आम मानिसहरु समक्ष गई बीमा पोलिसीहरु बिक्री गरी जीवन बीमा कम्पनीको व्यवसाय फस्टाउने मुख्य भुमिका पनि अभिकर्ताहरुको नै हुन्छ ।

असल बीमा अभिकर्ता कै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढेको हुन्छ । त्यसैले असल बीमा अभिकर्ताको खाँचो बीमा क्षेत्रमा खड्किदो छ । अभिकर्ता बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने एक मूख्य माध्यम हो । बीमा कम्पनीहरुलाई मानिसको पहुँचमा पुर्याउने र बीमा बजारमा साथै सर्वसाधरणमा बीमा कम्पनीको नीतिहरु पुर्याउनका लागि बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

Esewa
Crest

पछिल्लो समय बीमा अभिकर्ता पेशामा मानिसहरुको चासो पनि बढेको पाईन्छ । आफ्नो घर परिवार सबैलाई समय दिएर थोरै समय आफ्नो पेशाका लागि छुटाइयो भने पनि त्यस पेशाबाट आम्दानी गर्न सकिने भएको कारणले गर्दा पनि बीमा क्षेत्रमा अभिकर्ताको रुची बढेको पाईनछ ।

नेपालमा बीमा व्यवसाय अन्तर्गतको कुनै पनि कार्य गर्न बीमा ऐन,२०४९ बमोजिम गठित बीमा समितिबाट इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ । बीमा ऐन २०४९ अनूरुप बीमा समितिले बीमक, बीमा अभिकर्ता, सर्भेयर दलालको दर्ता, नविकरण र खारेजी गर्ने अधिकार प्राप्त गरेको हुन्छ ।

बीमा अभिकर्ताको योग्यता तथा भुमिका

बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ । यस्ता व्यक्ति जो कोहीले पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समिति वा सम्बन्धित बिमकले  सञ्चालन गरेको बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्दछ । त्यसपछि उसले बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समीतिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

यसरी प्राप्त निवेदन जाँच बुझ गर्न नियमानुसार बीमा अभिकर्ताको लागि निर्धारित योग्यता पुरा गरेको भए समितिले बीमा अभिकर्ताको रुपमा दर्ता गरी दस्तुर लिई निवेदकलाई बीमा अभिकर्ताको इजाजतपत्र प्रदान गर्दछ । यसरी बीमा समितिले प्रदान गरेको इजाजत पत्रमा निज अभिकर्ताले गर्न पाउने बीमा व्यवसाय समेत स्पष्ट रुपा उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

बीमा अभिकर्ताको काम

यसरी बीमा अभिकर्ताको इजाजतपत्र पाए पछि अभिकर्ताले आफ्नो काम र कर्तव्यको परिधि भित्र रही काम गर्नु पर्ने हुन्छ । अभिकर्ता भनेको बीमा कम्पनीको प्रतिनिधि हो । बीमा कम्पनीको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दावी भुक्तानीको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नु पर्ने हुन्छ ।

बीमा अभिकर्ताको हातमा धेरै जिम्मेवारी रहेको हुन्छ । बीमा क्षेत्रलाई अगाडी बढाउनेदेखि लिएर बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ । निश्चित सीमा र परिधिमा साथै कम्पनीको नीतिमा रही अभिकर्ताले काम गर्नु पर्छ ।

बीमा अभिकर्ताहरुको कर्तव्य

बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक  सहयोग गर्ने आदि कार्य हुन् । बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात् बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS