काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १ दशमलव ९४ प्रतिशतले बढेर २६५४ दशमलव ६९ को विन्दुमा कायम भएको छ।आज दिनभरिमा २ सय १३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कर्मशीयल (एनसीसी) बैंकको सर्वाधिक कारोबार भएको छ । बैंककोे २३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली पारको २१ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा समता लघुवित्त र महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले १ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् भने एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले १ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् ।