IME Life New

म्युचुअल फण्डले सबैभन्दा धेरै लगानी गरेका १० ब्लुचिप कम्पनी, इन्फ्राष्ट्रक्चर र नविल बैंकको शेयरमा सर्वाधिक आकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्युचुअल फण्डले चैत महिनामा सबैभन्दा धेरै नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर होल्डिङ गरेका छन् । फण्डहरुले प्राथमिक निष्काशनबाट प्राप्त शेयर तथा दोस्रो बजारबाट थप खरिद गरेका हुन् । २२ म्युचुअल फण्डले नेपाल इन्फ्राष्ट्रक्चरको २८ लाख तीन हजार कित्ता शेयर होल्ड गरेका छन् ।

हाल सञ्चालमा रहेका २२ म्युचुअल फण्डहरुको आकर्षणमा नेपाल इन्फ्राष्ट्रक्चर बैक, नविल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कृषि विकास बैंक, प्रिमियर इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति विकास बैंक, निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त लगायतको शेयरमा सबैभन्दा धेरै होल्डिङ देखिन्छ ।

Esewa
Crest

सञ्चालमा रहेका म्युचुअल फण्डको रोजाइमा परेका १० कम्पनीहरुमा अधिकाम्स बाणिज्य बैंकका शेयर छन् । बाणिज्य बैंक पछि बीमा कम्पनीको शेयरमा होल्डिङ देखिन्छ । म्युचुअल फण्डको रोजाइमा लघुवित्तको शेयर खासै देखिदैन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई हकप्रद निष्काशन गर्न दिएको छैन । बीमा कम्पनीहरुले पनि पूँजी बृद्धि गर्ने हल्लाले चैत महिनामा बीमा कम्पनीको शेयरमा सार्वाधिक आकर्षण देखिएको थियो ।

म्युचुअल फण्ड सँग नविल बैंकको मात्रै ९९ करोड ६३ लाख रुपैयाँको शेयर रहेको छ । फण्डहरुले नविल बैंकको ७ लाख ३१ हजार १९० कित्ता शेयर होल्ड गरेका छन् । त्यस्तै म्युचुअल फण्ड सँग एनआईसी एशिया बैंकको एक अर्ब रुपैयाँको लगानी छ । फण्डहरुले एनआईसी एशियाको १० लाख ६३ हजार कित्ता होल्ड गरेका छन् । २२ वटै म्युचुअल फण्डले एनआईसी एशियाको शेयरमा लगानी गरेका छन् । सानिमा इक्वीटी फण्डले एनआईसी एशियाको एक लाख ५२ हजार कित्ता शेयर खरिद गरेको छ ।

म्युचुअल फण्डको आकर्षणमा नेपाल बैंकको शेयर पनि देखिन्छ । नेपाल बैंकको शेयर मात्रै फण्डहरु सँग ७ लाख ३१ हजार १९० कित्ता छ । यसको चैत मसान्तको बजार मूल्य अनुसार ७१ करोड ११ लाख रुपैयाँ पर्न जान्छ । अधिकाम्स लघुवित्तको रोजाइमा छिमेक लघुवित्तको शेयर पनि पर्छ । फण्डहरुले छिमेकको तीन लख ६२ हजार ३५६ कित्ता शेयर होल्ड गरेर राखेका छन् ।

फण्डहरु सँग प्रभु बैंकको १० लाख ८० हजार किता शेयर छ । फण्डहरु सँग प्रभु बैंकको ४९ करोड १३ लाख १६ हजार रुपैयाँको शेयर रहेको छ । प्रभु बैंकको पछिल्लो समयको ग्रोथले म्युचुअल फण्ड सँगै सर्वसाधारण लगानीकर्ताको पनि आकर्षण देखिन्छ ।

ग्लोबल आइएमई सम्मुन्त स्किम एकले १० वटा कम्पनीमा मात्रै ८७ करोड १६ लाख रुपैयाँको लगानी गरेका छन् । फण्डले सबैभन्दा धेरै इन्फ्राको शेयरमा १५ करोड ३० लाख रुपैयाँको लगानी गरेको छ ।

लक्ष्मी इक्वीटी फण्डले १० वटा कम्पनीहरुमा मात्रै ४९ करोड ५१ लाख रुपैयाँको लगानी गरेको छ । फण्डले सबैभन्दा धेरै इन्फ्राको शेयरमा १३ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ ।

एनआईबिएल प्रगति फण्डले १० वटा कम्पनीमा ३२ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । फण्डले सबैभन्दा धेरै इन्फ्रा र नविल बैंकको शेयरमा लगानी गरेको देखिन्छ ।

एनआईविएल समृद्धि फण्डले सबैभन्दा धेरै नविल बैंकको शेयरमा ७ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । यस फण्डले सबैभन्दा धेरै लगानी भएका १० कम्पनीमा मात्रै ३२ करोड ४८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।

एनएमबी हाइब्रिड फण्ड एल एकले सबैभन्दा धेरै नविल बै्कको शेयरमा तीन करोड १० लाख रुपैयाँ लगानी गरेको छ । फण्डले १० वटा कम्पनीमा मात्रै २६ करोड ४२ लाख रुपैयाँको लगानी गरेको छ ।

नविल इक्वीटी फण्डले सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयरमा ११ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । फण्डले सबैभन्दा धेरै लगानी भएका १० कम्पनीमा मात्रै ६४ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ ।

सानिमा इक्वीटी फण्डले पनि सबैभन्दा धेरै नविल बैंकको शेयरमा १६ करोड ५६ लाख रुपैयाँको लगानी गरेको छ ।

सिद्धार्थ इक्वीटी फण्ड

सिटिजन म्युचुअल फण्ड एक

एनआईसी एशिया ग्रोथ फण्ड

नविल व्यालेन्स फण्ड दुई

सिटिजन म्युचुअल फण्ड दुई

एनएमबी ५०

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड स्किम दुई

एनआईसी एशिया ब्यालेन्स फण्ड

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS