काठमाडौं । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वितीय विवरण सार्वजनिक गरेको छ।फाइनान्सले यस त्रैमासको अवधिसम्ममा ८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षमा फाइनान्सले ७ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा फाइनान्सको खुद नाफा १४ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९ दशमलव ३८ प्रतिशतले घटेर २१ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, फाइनान्सको संचालन नाफा भने १० करोड २३ लाख रुपैयाँबाट बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ । हाल फाइनान्को चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ३९ करोड ३६ लाख रुपैयाँ छ।