काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ६५ दशमलव ५८ प्रतिशतले घटेर २५०६ दशमलव ६१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।आज सबै उपसूचक घटेको छ ।
आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । अपर तामाकोशीकोे ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राकोे २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
रिलायन्स फाइनान्सका लगानीकर्ताले ८ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् भने छयाङ्दी हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् ।