IME Life New

लक्ष्मी लघुवित्तको नाफा ५९% ले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५९ दशमलव ४३ प्रतिशतले बढी हो । गत वर्ष ९ करोड ८९ लाख १० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष १५ करोड ७६ लाख ८९ हजार यो नाफा गरेको छ।

यस अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा भने ५९ दशमलव ९८ प्रतिशत बढेको छ । यस त्रैमाससम्ममा कम्पनीले २४ करोड ८९ लाख २५ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ ।

Esewa
Crest

कम्पनीको जगेडा कोष रकम ३२ करोड ९८ लाख २२ हजार रुपैयाँ संचिती रहेको छ । यस वर्ष कम्पनीले ३४ दशमलव ८२ प्रतिशत बढी २ अर्ब ४ करोड ३२ लाख ८३ हजार निक्षेप संकलन गरेको छ भने ३८ दशमलव ६६ प्रतिशत बढी ६ अर्ब २७ करोड ३ लाख २८ हजार कर्जा प्रवाह गरेको छ ।

यस वर्ष गत वर्षभन्दा ४४ दशमलव ४२ प्रतिशत बढी ३ अर्ब ७५ करोड ८१ लाख १७ हजार कम्पनीले कर्जा सापटी लिएको छ । गत वर्ष १ दशमलव ४४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यो वर्ष बढेर ३ दशमलव १४ प्रतिशत पुगेको छ ।

यस अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS