काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज २६ गते परिपक्क हुने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज सोमबार दिउँसो ३ बजे बोलकबोल भएर चैत्र ३१ गते बिक्री हुने जनाएको छ ।