IME Life New

तीन कम्पनीको साधारण सभा आज, के के प्रस्ताव पारित हुँदै ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र जानकी फाइनान्स लिमिटेडको साधारण सभा हुँदैछ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको तेर्हौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा जीवन विकास समाज, कटहरी, मोरङमा बिहान १०ः३० बजे सुरु हुने जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित गरिनेछ । त्यसैगरी, लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण पनि गरिनेछ ।

Esewa
Crest

त्यस्तै, सभामा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने १ जना महिला संचालकको निर्वाचन गर्ने सम्बन्धमा पनि सभाले छलफल गर्नेछ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड तथा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक भएमा संचालक समितिले नै सम्पूर्ण प्रक्रिया अबलम्बन गरी कार्य अगाडी बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी गर्ने सम्बन्धमा पनि छलफल गरिने प्रस्ताव छन् ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा आज होटल बाराही पोखरा कास्कीमा बिहान ११ बजेबाट हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ दशमलव ८० प्रतिशत बोनस सेयर र ० दशमलव २० नगद (कर प्रयोजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारणसभा प्रयोजन तथा लाभांश वितरणको लागि चैत १७ गते बुकक्लोज गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी जानकी फाइनान्स लिमिटेडको २४औं वार्षिक सभा आज गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक, जनकपुरधाममा बिहान १० बजे सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहतिको वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

यस वर्ष संस्थाका सेयरधनीहरुको भने हात खालि हुने भएको छ । साधारण सभा प्रयोजनको लागि फाइनान्सले चैत १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरेको छ। यस अनुसार चैत १७ गते मंगलबारसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS