काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लैंनचौर, काठमाडौं स्थित होटल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।