IME Life

बीमा कम्पनीहरुमा हकप्रदको लहर, कारण रिस्क वेस क्यापिटल दाउ शेयर बजारमा

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले एक पछि अर्को गर्दै हकप्रद शेयर निष्काशनको घोषणा गर्न थालेका छन् । गत चैत ९ गते शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ ।

निर्जीवन बीमा व्यवसायमा एक नम्बरमा रहेको शिखरले व्यवसाय अनुसार पूँजी कायम गर्न हकप्रद शेयर तथा बोनस बाट पूँजीबाट बढाइरहेको छ ।  यसै क्रममा गत मंगलबार नयाँ निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव अगाडि सारेको छ । चार वर्ष अगाडि स्थापना भएको नयाँ कम्पनीले समेत हकप्रद शेयर निष्काशन गर्न थाले पछि नयाँ तथा पुराना सबै निर्जीवन बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् ।

Prabhu
Crest

शनिवार पनि आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरु हकप्रदमा बढि आकर्षित हुन थालेका छन् । केहि समयदेखि बीमा कम्पनीहरुले नियामक निकाय बीमा समितिमा जोखिममा आधारित पूँजी कायम गर्न सुझाव दिदै आएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यभार सम्हालेकै दिन बीमा कम्पनीहरुमा रिष्क वेस क्यापिटल कायम गर्नु पर्ने देखिएको बताएका थिए । बीमा समितिले सिधै पूँजी बढाउने निर्देशन दिने भन्दा पनि आफ्नो व्यवसाय अनुसार जोखिममा आधारिक पूँजी कायम गर्न भन्दै सुझाव दिदै आएको छ ।

यसै क्रममा कतिपय बीमा कम्पनीहरुसँग प्रयाप्त पूँजी छैन । तर सबै बीमा कम्पनीहरुमा यो नियम लागु हुँदैन । व्यवसाय नै गर्न नसक्ने निर्जीवन बीमा कम्पनीहरुले पूँजी मात्रै बढाउन खोजे भने उनिहरुलाई सञ्चालकहरुबाट सबैभन्दा दवाव पर्ने छ । पूँजी बराबर पनि प्रिमियम संकलन गर्न नसक्ने अवस्थामा उल्टै पूँजी बढाउनु सान्दर्भिक नहोला । बीमा जोखिमको क्षेत्र भएकाले जतिधेरै पूँजीकोष बलियो हुन्छ उनिहरुको जोखिम लिन सक्ने क्षमता पनि धेरै हुन्छ । तर पूँजी मात्रै बढाउदा शेयरधनीले पाउने प्रतिफलमा भने कमि आउछ । त्यसैले गर्दा पूँजी आवस्यक पर्ने पूँजी जुटाउने होइन भने पूँजी बृद्धि योजना नै ल्याउने पक्षमा बीमा समिति देखिदैन ।

हकप्रद निष्काशन गर्ने हल्लाले शेयर बजारमा प्रभाव

शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर र बोनस शेयरको विशेष प्रस्ताव गर्दा दोस्रो बजारमा एक सातासम्म लगातार सुधार देखिएको थियो । यसै क्रममा कम्पनीको शेयर मूल्य एक महिनादेखि बढिरहेको थियो । हकप्रद र बोनस शेयरको भित्री सूचना सुहावट सँगै यस कम्पनीको शेयर मूल्यमा पनि अग्रिम सुधार भएको थियो ।

एउटा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गर्दा त्यस्तै प्रकृतिका अन्य कम्पनीको पनि शेयर बढ्ने क्रम बढेको छ । गत मंगलबार नयाँ निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरे सँगै अजोड सँगै प्राथमिक शेयर निष्काशन गरेका सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि बृद्धि देखियो ।

पछिल्लो समय बजार बढ्दो क्रममा छ । बीमा कम्पनीहरुले रिष्क बेस क्यापिटलको बहानामा पूँजी बृद्धि योजना सार्वजनिक गरेर दोस्रो बजारमा चलखेल गरिरहेका छन् । हकप्रद र बोनस शेयरको सूचना सार्वजनिक गर्नु भन्दा अगाडि नै शेयर किनेर राख्ने र सूचना बाहिर आए पछि बढाएर बेच्ने प्रबृत्ती हाबी भएको छ ।

बढ्दो क्रममा रहेको बजारमा सानो सानो सूचनाले पनि बजारलाई प्रभावित पार्छ । त्यसैले गर्दा बजार सूधारको लागि कम्पनीका सञ्चालक तथा कर्मचारी नै हकप्रद र बोनस शेयरको सूचना भित्रै भित्रै चुहावट गरेर शेयर कारोबार गरिरहेका छन् । गत साता अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको सूचना सार्वजनिक गर्नु अगाडि नै दोस्रो बजारमा लगातार सर्किट लागिरहेको थियो । यसै विषयलाई लिएर लगानीकर्ताले विभिन्न ठाउँमा उजुरी गरेका छन् ।

शनिवार आइएमई जनरलले हकप्रद शेयरको सूचना सार्वजनिक गर्नु भन्दा केहि समय अगाडि दोस्रो बजारमा सुधार देखिएको थियो । आइतबारदेखि आइएमई सँग सँगै यसका सहोदर कम्पनीको शेयर मूल्यमा पनि सुधार देखिन थाल्ने छ । आइएमई जस्तै अन्य कम्पनीहरुले पनि पूँजी बढाउन सक्ने लगानीकर्ताले अनुमान लगाउदा दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार देखिने गरेको छ । सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने शिखर मध्यम किसिमको आएमई जनरल र सबैभन्दा नयाँ तथा कम व्यवसाय गर्ने अजोडले हकप्रद शेयर निष्काशनको प्रस्ताव अगाडि सार्दा समग्र बीमा कम्पनीहरुलाई नै हकप्रद शेयर निष्काशन गरेर पूँजी तथा दोस्रो बजारमा मूल्य बढाउने दवाव पर्ने  विश्लेषकहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS