काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चैत १३ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।